Thaha

Saturday 21 September - 2:28 pm NST

विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपाल र नामिबिया भिड्दै,  नेपालले ६ विकेट झार्यो


काठमाण्डौं, ४ बैशाख । 
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नेपालले अहिले नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा टस जितेर नामिबियाले ब्याटिङ्ग गरिरहेको छ  । यो समाचार तयार पर्दा सम्म नामिबियाले २७ ओभरमा ६ विकेट गुमाउँदै १ सय १३ .रन बनाएर खेलिरहेको छ । नेपालका सोमपाल कामी र बसन्त रेग्मीले २/२,  तथा पारस खड्का र सन्दिप लामिछानेले एक/एक विकेट लिएका छन् ।

सन् २०१८ मा बंगलादेशमा हुने विश्व कप क्रिकेट छनोट खेल्नका लागि नामिबियासँगको खेल निकै महत्वपूर्ण छ । अघिल्लो चरण प्रवेशका लागि नेपाललाई दुवै खेल जित्नैपर्ने दबाब छ । नेपालले आज र पर्सि ६ गते हुने खेलमा नामिबियालाई हराउन सके शीर्ष चारभित्र पर्ने सम्भावना बलियो हुनेछ । प्रतियोगितामा चार खेल खेलेको नेपाल चारै खेलमा हार बेहोर्दै अंकबिहीन छ भने नामिबियाको दुई अंक छ ।

नेपाल स्कटल्यान्ड र पपुवा न्युगिनीसँग पराजित भएको थियो । नेपाल र नामिविया आज दोस्रो पटक भिड्न लागेका हुन । यसअघि नेपालले डिभिजन टूमा भएको खेलमा नामिवियालाई उसकै मैदानमा तीन विकेटले पराजित गरेको थियो । नेपाल र नामिबिया बीचको खेल एनटिभी प्लसले प्रत्यक्ष प्रशारण गरिरहेको छ । खेलको सुरक्षाका लागि झण्डै ६ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।